Tuesday, March 25, 2014

सोच जहीले त्यही पुग्छ


सोच जहीले त्यही पुग्छ
जहाँ तिम्रो र मेरो भेट भएको थियो
सोच जहीले त्यही पुग्छ
जहाँ तिम्रो र मेरो विछोड भएको थियो

सोच जहीले त्यही पुग्छ
जहाँ तिम्रो र मेरो नयन जुधेको थियो
सोच जहीले त्यही पुग्छ
जहाँ तिमीले आँखा तरेर गएको थियो

सोच जहीले त्यही पुग्छ
जहाँ तिमी र म अंगालेमा बाँधेका थियौं
सोच जहीले त्यही पुग्छ
जहाँ तिमीले एक्लै छोडेर गएको थियो 

म तिम्रो मुस्कान हुन चाहन्छु

तिम्रो चुम्बनले बेर मलाई
वा केही बचनले रोक  मलाई
म जान चाहन्न यहाँबाट
तिम्रो अंगालोले बेर मलाई
वा केही बचनले रोक मलाई ।।।

पोखरीमा पानी जमे सरी
म तिम्रो मनमा जिन्दगीमा जम्न चाहन्छु
ओठमा मुस्कान सुहाए सरी
म तिम्रो मुस्कान हुन चाहन्छु ।।।

तिम्रो मोहले वेर मलाई 
वा केही बचनले रोन मलाई
म जान चाहन्न यहाँबाट
तिम्रो मायाले बाँध मलाई
वा केही बचनले रोक मलाई ।।।

तिमी र म


मिलनमय
हाँसोमय
तिमी र म

एकअर्कासंग रिसाउने
एकअर्कालाई मनाउने
तिमी र म

एक अर्कालाई साथ दिने
एकअर्का बिना बाँच्न नसक्ने
तिमी र म

संगै जिउने
संगै मर्ने
तिमी र म

मिलनमय.....हाँसोमय....तिमी र म 

आफू बाँच्छन


पिउने मान्छेको घर हुन्छ
कोठा हुँदैन
श्रीमती हुन्छ
माया हुँदैन
छोरा छोरी हुन्छन्
बाबु बन्न सक्दैन

पिएर ढल्नु नै जिन्दगी
पिएर हाँस्नु नै खुशी
आफू बाँच्छन अरुलाई मार्छन

मन


मन
आज विहान ६ बजे
बा बा भन्दै
माइती पुग्यो
........
बुबाको ओछ्यान
खाली भए देखे पछि
झस्यांग भयो
आज भन्दा ९ वर्ष अगाडी नै
मेरो बुबा......

मन....
फर्केर फेरी
ओछ्यान मै पल्ट्यो
म संगै .......