सोच जहीले त्यही पुग्छ
जहाँ तिम्रो र मेरो भेट भएको थियो
सोच जहीले त्यही पुग्छ
जहाँ तिम्रो र मेरो विछोड भएको थियो
सोच जहीले त्यही पुग्छ
जहाँ तिम्रो र मेरो नयन जुधेको थियो
सोच जहीले त्यही पुग्छ
जहाँ तिमीले आँखा तरेर गएको थियो
सोच जहीले त्यही पुग्छ
जहाँ तिमी र म अंगालेमा बाँधेका थियौं
सोच जहीले त्यही पुग्छ
जहाँ तिमीले एक्लै छोडेर गएको थियो
तिम्रो चुम्बनले बेर मलाई
वा केही बचनले रोक मलाई
म जान चाहन्न यहाँबाट
तिम्रो अंगालोले बेर मलाई
वा केही बचनले रोक मलाई ।।।
पोखरीमा पानी जमे सरी
म तिम्रो मनमा जिन्दगीमा जम्न चाहन्छु
ओठमा मुस्कान सुहाए सरी
म तिम्रो मुस्कान हुन चाहन्छु ।।।
तिम्रो मोहले वेर मलाई
वा केही बचनले रोन मलाई
म जान चाहन्न यहाँबाट
तिम्रो मायाले बाँध मलाई
वा केही बचनले रोक मलाई ।।।
मिलनमय
हाँसोमय
तिमी र म
एकअर्कासंग रिसाउने
एकअर्कालाई मनाउने
तिमी र म
एक अर्कालाई साथ दिने
एकअर्का बिना बाँच्न नसक्ने
तिमी र म
संगै जिउने
संगै मर्ने
तिमी र म
मिलनमय.....हाँसोमय....तिमी र म