Tuesday, March 25, 2014

सोच जहीले त्यही पुग्छ


सोच जहीले त्यही पुग्छ
जहाँ तिम्रो र मेरो भेट भएको थियो
सोच जहीले त्यही पुग्छ
जहाँ तिम्रो र मेरो विछोड भएको थियो

सोच जहीले त्यही पुग्छ
जहाँ तिम्रो र मेरो नयन जुधेको थियो
सोच जहीले त्यही पुग्छ
जहाँ तिमीले आँखा तरेर गएको थियो

सोच जहीले त्यही पुग्छ
जहाँ तिमी र म अंगालेमा बाँधेका थियौं
सोच जहीले त्यही पुग्छ
जहाँ तिमीले एक्लै छोडेर गएको थियो 

म तिम्रो मुस्कान हुन चाहन्छु

तिम्रो चुम्बनले बेर मलाई
वा केही बचनले रोक  मलाई
म जान चाहन्न यहाँबाट
तिम्रो अंगालोले बेर मलाई
वा केही बचनले रोक मलाई ।।।

पोखरीमा पानी जमे सरी
म तिम्रो मनमा जिन्दगीमा जम्न चाहन्छु
ओठमा मुस्कान सुहाए सरी
म तिम्रो मुस्कान हुन चाहन्छु ।।।

तिम्रो मोहले वेर मलाई 
वा केही बचनले रोन मलाई
म जान चाहन्न यहाँबाट
तिम्रो मायाले बाँध मलाई
वा केही बचनले रोक मलाई ।।।

तिमी र म


मिलनमय
हाँसोमय
तिमी र म

एकअर्कासंग रिसाउने
एकअर्कालाई मनाउने
तिमी र म

एक अर्कालाई साथ दिने
एकअर्का बिना बाँच्न नसक्ने
तिमी र म

संगै जिउने
संगै मर्ने
तिमी र म

मिलनमय.....हाँसोमय....तिमी र म 

आफू बाँच्छन


पिउने मान्छेको घर हुन्छ
कोठा हुँदैन
श्रीमती हुन्छ
माया हुँदैन
छोरा छोरी हुन्छन्
बाबु बन्न सक्दैन

पिएर ढल्नु नै जिन्दगी
पिएर हाँस्नु नै खुशी
आफू बाँच्छन अरुलाई मार्छन

मन


मन
आज विहान ६ बजे
बा बा भन्दै
माइती पुग्यो
........
बुबाको ओछ्यान
खाली भए देखे पछि
झस्यांग भयो
आज भन्दा ९ वर्ष अगाडी नै
मेरो बुबा......

मन....
फर्केर फेरी
ओछ्यान मै पल्ट्यो
म संगै .......

Wednesday, March 19, 2014

तिम्रो फोटो देख्यो कि केहि लेखु लाग्छ


तिम्रो फोटो देख्यो कि केहि लेखु लाग्छ
हामी भेटेको, संगै चिया खाएको
एक एक शब्दमा हामी डुबेको
सबै सबै संगालेर केहि लेखु लाग्छ

तिम्रो नाम सुन्यो कि केहि बोलु लाग्छ
हाम्रो कुराकानी, संगै कतै गएको
वर्षाको थोपा थोपा पानीमा हामी भिजेको
सबै सबै संगालेर केहि लेखु लाग्छ

पिउने पानी–नारी


म भित्रको म


फूलहुन खोजेको कोपिला 
समयले कुल्चीदा
म भित्रको म आज
दुखि छ आशलाई जिउँदो नदेख्दा

म हाँस्दै छु सबैको माँझ
आकाश मात्र गर्जीरह्यो
बर्षात भएन
म भित्रको म आज
दुखि छ आशलाई जिउँदो नदेख्दा

यो संसारमा म जिउँदो छु
सबैले खोज्दा उपस्थित छु
म भित्रको म आज
दुखि छ आफुलाई मूर्तिभएको देख्दा

Friday, March 14, 2014

आमा


आमा म हजुरको आदर गर्छु
हजुरको काखमा निदाएको आजै जस्तो लाग्छ
हजुरको औला समाई हिड्न सिकेको अहिले जस्तो लाग्छ ।

आमा म हजुरको आभारी छु
हजुरले देखाएको सत्यपथमा म अहिले पनि छु
हजुरको मायाको सहारामा अहिले सम्म बाँच्न सिकेको छु ।।

आमा हजुरलाई लाख लाख शुभकामना छ
हजुरकै शिक्षा पाएर हामी स्वाभिमान हुन्छौं
हजुरकै माया पाएर हामी प्रगतीशिल हुन्छौं  ।।। 

मरो रक्तचाप


दिन उज्यालो नै छ
रात पनि शुन्य नै छ
तर म मा बल छैन
निदाउन निन्द्रा नै छैन
आत्मा नै लुलो भएकोछ
हुनु पर्ने बल सबै कमजोर भइरहेको छ
म विहान मपनि कुप्रिन्छु
राती पनि कुप्रिन्छु
के भएको थाहा नै छैन

हिड्न खोज्छु रिगंटा लाग्छ
खान खोज्छु पेट भरेकै हुन्छ
हास्न खोज्छु विर्सिन्छु
काममा भुल्न खोज्छु
दिमाग सुस्त हुन्छ
परिवार छोरीहरु संग भुल्न खोज्छु
उनीहरुको बोली सुन्यो कि झन अत्तालिन्छु
मलाई माया चाहेको छ मलाई माया गर भन्छु
माया देखि मलाई अत्यास लाग्छ 
म विहान मपनि कुप्रिन्छु
राती पनि कुप्रिन्छु
के भएको थाहा नै छैन

मेरा खुशीका दिनहरु याद आउँछन
मैले पाइला टेकेको रमणीय ठाउँहरु सम्झिन्छु
साथीसंग रमाई कुरा गरेको याद आउछन्
अनि फेरी अहिलेको आफूलाई सम्झिन्छु 
कहि पनि पहिलाको म पाउँदिन 
म हराएको शुन्य ठाउँ मात्र हुन्छ
खोज्ने ठाउँपनि हराएको हुन्छ 
म विहान मपनि कुप्रिन्छु
राती पनि कुप्रिन्छु
के भएको थाहा नै छैन

खुल्ला आकाश स्वस्थ्य वातावरण
पहाड खोला नाला, जंगल
मठ मन्दिर सबै मेरा लागि मौन छन्
हावा फैलिएको छैन मेरो लागि
म निस्सासिएको छु
पल पल मा कमजोर हुदै छु
अब बाकि जिवन यस्तै हुने होकी
भन्दै म तर्सिएकी छु

तर होइन रहेछ 
धेरैलाई हुने रोगले सताएको रहेछ
मेरो रक्तचाप बढेको रहेछ
औषधी लिएको एक महिना पश्चात
म पहिला जस्तै स्फूर्ती र जागरिलो भए
बाच्ने चाहना फेरी उर्लेर आयो
थाहा नहुँदा मान्छेलाई रोगले सताउने रहेछ
बाच्ने क्षमतालाई नै कमजोर तुल्याइदिने रहेछ
आज म खुशी छु म ठिक भएकोमा
अब देखि सचेत हुन्छु आफ्नो रोग प्रति
दिनको उज्यालो र रातको अध्यारोलाई
मैले प्रयोग गर्न थाले
सबैलाई हसाई अब आफूपनि हास्न र बोल्न थाले 


२०७० को चुनाबमा



घरहरु भारी थिए
बाटो सुनसान
वातावरण कति शान्ति
न धूलो उड्न पायो
न धुवाले नै छोप्न पायो

घरमा नबस्ने छोराहरु
घरमा थिए
बिहान देखि स्कुलको लागि व्यस्तहुने 
छोराछोरीहरु खेल्नमा मस्त थिए
नोकरीबाट फुर्सद नपाएकाहरुले
फुर्सद पाए

कहिले पनि टोलमा हिड्न नसकेका
बुढाबुढीहरुले लौरो टेकेरै भए पनि
सुनसान सडकमा आरामले हिड्ने मौका पाँए

केटाकेटीहरुले साइकल गुडाउन
फुटबल खेल्न, डौडीनकालागि 
सडक पाए

स्कूलको खाना
बहिरको खाजा
अफिसको खाजा खानेहरुले
मजाले वर्षको १ दिन बढी
मजाले घरको मिठो खाना खान पाइयो

सधै गाडीले कब्जा गर्ने सडकलाई
यो दिनमा मानिसहरुले कब्जा गरे
आहा कति रमाइलो यो चुनाव

Thursday, March 13, 2014

मेरी छोरी



छोरीलाई बुद्धि छैन भन्दै गाली गर्छु
तर मलाई प्यास लाग्यो कि 
छारीले पानी ल्याइदिन्छे

कस्तो लाटी  होला भन्छु
म दुखि भयो कि मलाई हसाउँन खोज्छे
मलाई थकाई लाग्दा 
विस्तारै मेरो खुट्टा सम्सुम्याइ दिन्छे

दिमाग छैन सबै विर्गादिन्छे भन्छु
स्कूलमा सिकेको गीत कण्ठ छ
टिभीमा देखे जस्तै नाचेर देखाउछे

म खाना पकाउँदा
छोरी पनि पकाउन खोज्छे
म लुगा धुदा
छोरी पनि लुगा धुन खोज्छे

त्यसैले छोरी मलाई तिमि मनपर्छ
मेरी छोरी नै सुन्दरी
मेरी छोरी नै प्यारी
मलाई सधै यस्तै जिस्की राख्ने छोरी
मलाई सधै माया गरिरहने छोरी
मेरी छोरी........

कसैले देख्न सक्दैन




फूल ओइलाएको
रुखमा पात झरेको
पानी नर्पदा धर्ती चिरेको
सबै आँखाले देख्न सक्छन्
मान्छे ओइलाएको
मन चिरेर छिया छिया भएको
इच्छाहरु झरेको
कसैले देख्न सक्दैन

गाग्री भरेर पानी छछल्केको
सडकमा गाडी लडेको
शिशा फुटेर चकनाचुर भएको
सबै आँखाले देख्न सक्छन्
मन लडेको
आँखा आशुले भरेर छछल्केको
मुटुको घाउ
कसैले देख्न सक्दैन



Happy Birth Day


Mero Paintings










Mero Kabita